७ आश्विन २०७७, बुधबार

भक्तपुर, ७ असोज । भक्तपुर जिल्लाको सानो थिमिमा ढुङ्गेधारा र पाटी निर्माणमा बिवाद भएपछि संघीय सांसद कृष्ण गोपाल श्रेष्ठको नेतृत्वमा प्रदेश सांसद शसिजंग थापा, डा राजेन्द्रमान श्रेष्ठ, सरस्वती बाटी लगायतको टोलीले आज अनुगमन गरेका छन् ।

अनुगमनपछि सांसद शसिजंग थापाले सम्पदा जोगाउने काममा मध्यपुर नगरपालिका खेलेको भूमिका रहेता पनि यसका बिरोध हुनु दुखद बिषय भएको बताउनु भयो ।

सडक बिस्तारका क्रममा अस्तित्व नै नरहने गरि धारा र पाटीलाई मास्ने काम गरिएकोमा नगरपालिकाले जुन कदम चाल्यो, सम्पदा जोगाउन त्यसको बिरोधको नाममा मात्र बिरोध भएको देखियो उहाँले बताउँनुभयो ।

त्यस्तै मेयर मदन सुन्दर श्रेष्ठले भनुभयो अस्तित्व नै धरापमा पारेर सडक बिस्तार गरिरहेको अवस्थामा वास्ता नगर्ने आज आएर बिरोध गर्ने ? पुनः निर्माण सम्पन्न हुन्न लागेको बेला आएर बिरोध गर्ने त्यति बेला कहाँ थिए पुरातत्व र अभियन्ताहरु उहाँको प्रश्न थियो ।

उहाँले यसमा विरोध गर्नु पर्ने अवस्था नरहेको समेत बताउनु भयो । सडक बिस्तारका क्रममा अस्तित्व नै धरापको अवस्थामा रहेको सम्पदा नगरपालिकाले संरक्षण गरेको र सम्पदालाई जीवन्तता दिंदै सडक बिस्तारलाई समेत सहज पारिएको उहाँले बताउनुभयो ।

नगरपालिका भित्र रहेको सम्पदाहरुको जीर्णोद्धारलाई पचाउन नसक्नेहरु बिरोधमा उत्रिएको उहाँले बताउनुभयो । राम्रो कामलाई समर्थन गर्न नसक्ने अभियन्ताहरु कसैबाट परिचालित हुनुका साथै बिरोधको नाममा बिरोध कै लागि मात्र उत्रिएको देखिन्छ । हाम्रो काम सम्पदा संरक्षण र यसको प्रर्वद्धन गर्ने हो यसलाई निरन्तरता दिई रहने छौं मेयर श्रेष्ठले भनुभयो ।

नगरपालिका क्षेत्रमा रहेको सम्पदालाई उपभोक्ता समिति अन्तर्गत जीर्णोद्धार गरिएको हो । अस्तित्व नै समाप्त हुन लागेको सम्पदा मेयर श्रेष्ठको अगुवाईमा पुनः निर्माण हुनु राम्रो काम भएको एक स्थानीयले बताउनुभयो ।

उहाँले यसमा बिरोध गर्नुका कुनै तुक नरहेको भन्दै सडक बिस्तार गर्दा सबै पुरिएको अवस्थामा कहाँ थिए आज बिरोध गर्नेहरु रु यस्ता सम्पदा पुरिएको भत्किएको अवस्थामा छाड्नु ठिक हो वा यसलाई कलात्मक पुरानै शैलीमा निर्माण गरिनु ठिक हो ? मध्यपुर नगरपालिकाको जडिबुटी देखि सल्लाघारी सम्मको पुरानो बाटोमा सडक बिस्तारका क्रममा सानो थिमिमा रहेको पाटी भत्किएको र धारा पुरिएको अवस्थामा मध्यपुर नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठको अगुवाईमा पुनः निर्माण गरेको हो ।

LIVE TV