
- शिव डुम्रे
बुटवल, ७ असोज । बुधबार रातिदेखी आएको अविरल वर्षाका कारण सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।
पाल्पाको डुम्रे स्थित सडकभन्दा माथिबाट खसेको पहिरोले सडक पुरिएको र पहिरो झर्ने क्रम नरोकिएको कारणले बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय, पाल्पाले जनाएको छ ।
सामान्य बर्षादको समयमा पनि निरन्तर पहिरो झर्ने क्षेत्र भएकोले सिद्दबाबा देखि पाल्पाको डुम्रेसम्मको सडक उच्च जोखिममा मानिन्छ ।