
काठमाडौँ, ७ असोज । सरकारले दशैँका लागि असोज १५ पछि यात्रुहरुको चाप र माग अनुसार हवाई उडान थप्न ििदने भएको छ । आन्तरिक र अन्तर्राष्ट्रियतर्फ मागअनुसार उडान थप्न दिने भएको हो ।
दशैँ नजिकिएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर उडानको मागअनुसार सेड्युल दिने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अहिले आन्तरिकतर्फ देशभर ५५ उडान दिइएको छ । भने बाह्यतर्फ दैनिक १४ एयरलाइन्सले १० मुलुकबाट १४ उडान गरिरहेका छन् ।
उडान संख्या बढ्दै जाँदा भाडा पनि घट्ने भएकाले सरकारले सबैतर्फ नियमित उडान खुलाउँदै लैजाने तयारी गरेको हो ।