६ आश्विन २०७७, मंगलवार
  • रबिना बोहरा

बागलुङ, ६ असोज । जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न मुद्धामा फरार रहेका तीन जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

जिल्ला अदालतबाट विभिन्न मुद्धामा फैसला भई कैद भुक्तान गर्न बाँकी रहेका व्यक्तिहरुलाई पक्राउ गरिएको बागलुङ प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।

बागलुङको गलकोट नगरपालिका-१ बस्ने ३२ बर्षका होमबहादुर कुँवर (सवारी ज्यान मुद्धा), सोही ठाउँका ४१ बर्षिय हिराबहादुर घर्ति मगर (सवारी ज्यान मुद्धा), र बागलुङ नगरपालिका-६ बस्ने २६ बर्षका अनुराग सापकोटालाई (लागूऔषध) मुद्धामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

उनीहरुलाई जिल्ला अदालतको आदेश अनुसार कैद भुक्तानका लागि कारागार चलान गरिने बताइएको छ ।

LIVE TV