प्रहरी भन्छ, ‘डाक्टर केसीलाई संक्रमण छ’, डाक्टर केसी भन्छन्, ‘म संक्रमित होइन’ (भिडियो)



प्रकाशित मिति : Sep 22, 2020

काठमाडौं, ६ असोज । अनशनरत डा। गोविन्द केसीलाई प्रहरीले जर्वजस्ती ट्रमा सेन्टरमा लाने क्रममा उहाँमा संक्रमण भएको दावी गरेको छ ।

प्रहरीले तान्दै गर्दा केसीले आफूलाई जबरजस्ती नगर्न आग्रह गर्नुभएको थियो । प्रहरीले उहाँलाई कोरोना संक्रमणका कारण लान खोजेको दावी गरेको थियो । तर केसीले आफू चिकित्सक भएकाले संक्रमणबारे जानकार भएको बताउँनु भएको थियो ।

आफूहरु त्रिभुवन विमानस्थलमा पर्खिरहेको भए पनि उहाँलाई प्रहरीले सीधै ट्रमा सेन्टर लगेको केसीका सहयोगी प्रितम सुवेदीले बताउँनु भयो । प्रहरीले अपहरणको शैलीमा उहाँलाई ट्रमा सेन्टर लगेको केसीको आरोप छ ।

केसीले भने आफू त्रिवि शिक्षण अस्पतालमा अनशन बस्न चाहेको सुवेदीको भनाइ छ । प्रहरीले उहाँलाई एयरपोर्टबाटै बल प्रयोग गरेर ट्रमा सेन्टर लगेको हो । ट्रमा सेन्टर पु-याइएपछि केसीलाई प्रहरीले एम्बुलेन्सभित्रै गएर तानेको थियो ।

जुम्लामा ८ दिनसम्म अनशन बसेका केसी नेपालगञ्ज हुँदै आजमात्रै काठमाडौं आएका आउँनु भएको हो । जुम्लामा अनसन बस्दा सरकाले आफ्ना मागको बेवास्ता गरेको तथा गत वर्ष बल प्रयोग गर्दा हिंसा भएकाले काठमाडौं आउनुपरेको केसीले बताउँनु भएको छ ।

१९ औं पटकको अनशनका क्रममा केसीले पुराना सहमतिको पालना, कर्णालीमा एमबीबीएसको अध्ययन लगायतका ६ बुँदे माग राखेर अनशन सुरु गर्नु भएको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com