६ आश्विन २०७७, मंगलवार

राेल्पा, ६ असोज । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट गएको प्रहरी टोलीले रोल्पाको थवाङ गाउँपालिका–२ बाट अफिम सहित दुईजना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा थवाङ–२ ठुलोगाउँ घर भएका ३६ वर्षीया बिना ज्योती रोका र ४५ वर्षीया मुली झाक्री रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी नरेशराज सुवेदीले बताउनुभयो ।

इन्स्पेक्टर शंकर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार उनिहरुलाई थवाङको छेर्लावाङबाट पक्राउ गरेको हो । डीएसपी सुवेदीले भन्नुभयो, – ‘हामीले बिना ज्योती र मुलीको साथबाट ९ किलो ८२ ग्राम लागु औषध (अफिम) बरामद गरिएका छौँ, अफिम तस्करी गर्ने गिरोहले साईड भिर्ने लेडिज ब्याग बोकाएर ति महिलालाई भरियाको रुपमा प्रयोग गरेको हुनसक्ने हामीले अनुमान गरेका छौं ।’

 

LIVE TV