५ आश्विन २०७७, सोमबार
  • तारा आचार्य

विराटनगर ५ असोज । सडकमा हिडिरहेको अवस्थामा एक्कासि बेहोस भएर लडेका डाक्टर विनोद बिराजीमा कोरोना पोजेटिभ देखिएको छ ।कोशी अस्पताल विराटनगरका बच्चा विभागमा कार्यरत बेहोस भएका डाक्टर विनोदलाई उपचारका लागि कोशी अस्पतालको इमरजेन्सी हुँदै आइसीयूमा भर्ना गरियो।

शनिबार साँझ सडकमा हिड्दै गर्दा कोशी अस्पताल नजिकै सडकमा लडेर बेहोस भएका डाक्टर विनोदमा कोरोना पोजेटिभ जनाइएको छ । आइसियूमा राखेर उपचार गर्ने क्रममा आइतबार उनलाई कोरोना पोजेटिभ देखिएको बताइएको छ।

सडमा लडेका डाक्टर विनोदको मस्तिष्कमा पनि गम्भीर समस्या देखिएको छ । मस्तिष्कमा गम्भीर समस्या देखिएपछि उनलाई थप उपचारको लागि आफन्तले आइतबार नै भारत तर्फ लागेको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकरी दिनु भयो ।

सडकमा हिड्दै गरेका चिकित्सक एक्कासी लडेर बेहोस भएका चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि उनको उपचारमा खटिएका अस्पतालका १६ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेको मेसु डा। दासले जानकारी दिनु भयो ।

इमरजेन्सी विभागका पाँच, आइसियूका दश र प्रयोगशालाको एकजना प्राविधिक कर्मचारी क्वारेन्टाइनमा बसेका छन् भने उनिहरुलाई ५ दिन पछि लक्षण देखिएपछि पिसिआर टेष्ट गरिने डाक्टर दासले जानकारी दिए ।

डाक्टर बिराजीसंगै कोशी अस्पतालमा कोरोना संक्रमित कर्मचारी र चिकीत्सकको संख्या ३१ पुगेको छ भने सवै जना कोरोना मुक्त भइसरेका मेसु डा. दासले जानकारी दिनुभयो ।

LIVE TV