५ आश्विन २०७७, सोमबार

काठमाडौं, ५ असोज । आज दिउँसो काठमाडौँको बिभिन्न स्थानमा भीषण बर्षा भएको छ । जसका कारण विभिन्न कामका शिलशिलामा घरबाट बाहिर निस्किएकाहरु विथोलिएका थिए ।

एक्कासि मौसममा परिवर्तन आई वर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा केही दिन भारी वर्षा हुने बताएको थियो ।

बंगालको खाडीमा न्यून चापीय क्षेत्र बनेकाले वर्षा हुने महाशाखाको भनाइ छ । हाल देशभर सामान्य बदली भइरहेको छ । अहिले पनि १ र २ प्रदेशका विभिन्न ठाउँमा वर्षा जारी छ ।

LIVE TV