५ आश्विन २०७७, सोमबार

काठमाडौं, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति दुख ब्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु हुने आङरिता शेर्पाको निधनले अत्यन्त दु:खित तुल्याएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ- ‘यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु। उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ।’

बिनअक्सीजन १० पटक विश्व सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमानी रेकर्ड कायम गर्नुभएका शेर्पाको आज काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको थियो । उहाँलाई हिउँ चितुवाको उपनामलेसमेत चिँनिदै आएको थियो ।

LIVE TV