४ आश्विन २०७७, आईतवार
  • दानबहादुर बुढा

मुगु , ४ असोज । मुगुको चंखेली हिमाल अहिले आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ । लामो समयको लडकाउन र निषेधाज्ञाका कारण एकै ठाउँमा थुनिएका आन्तरिक पर्यटक बाहिर निस्किन थालेपछि चंखेली हिमालतिर चहलपहल बढेको हो ।

समुद्रतहदेखि ४ हजार ५ सय मिटर उचाइमा रहेको चंखेली हिमाल दृश्यावलोकनको हिसाबले समेत महत्वपूर्ण छ । मुगुको छायानाथ रारा नगरपालिका ११ मा रहेको चंखेली हिमाल आन्तरिक पर्यटकको भीड लागेको छ । लकडाउन र निषेधाज्ञा हटेसँगै घरमा थुनिएका आन्तरिक पर्यटकहरु ६ महिनाको बोरिङ हटाउँ चंखेली पुग्ने गरेका छन् ।

समुन्द्री सतहदेखि ४ हजार ५ सय मिटर उचाइमा रहेको चंखेली हिमालको टाकुराबाटै आधा नेपालका मनमोहन दृश्य देखिने भएकाले पनि पर्यटक चंखेली पुग्ने गर्दछन् । साथै चंखेलीबाट,रारा,चुचेमार,मुर्माटप,मुगु कर्णाली,हुम्ला ,जुम्ला लगातका दर्जनौ जिल्लाको अवलोकन गर्न सकिन्छ । त्यसैले पनि स्वदेशी तथा विदेशी पर्यटक चंखेली पुग्ने गरेको बताउँछन् ।

अझै चंखेली हिमालको छुट्टै विषेशता रहेको छ । तत्कालीन राजा वीरेन्द्र शाह २०४० सालमा शिकार खेलिरहेको दृश्य नेपाली एक रुपैँया नोटमा अंकित समेत भएको छ । त्यसैले पनि चंखेलीको केही प्रचार, प्रसार भएकाले स्वदेशी तथा विदेशी पर्यटक चंखेली हिमाल हेर्न आँउने गरेका छन् । रारा ताल घुम्न आउने हरेक पर्यटकहरुले पछिल्लो सयम चंखेली हिमालको आनन्द लिने गरेका छन् ।

चंखेली हिमालको फेदसम्म सवारीसाधन पुग्ने भएकाले पनि आन्तरिक पर्यटक चंखेली हेर्न जानेको गरेका स्थानीयवासी बताउँछन् । चंखेलीको फेदबाट टाकुरामा पग्न दुई घण्टा लाग्ने भएकाले पनि चंखेली पर्यटकको मनोरञ्जनको गन्तव्य बनेको छ ।

LIVE TV