४ आश्विन २०७७, आईतवार
  • महेश्वर के.सी./न्यूज २४

काठमाडौं, ४ असोज । जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरिएको छ । आइतबार (आज) कोठमाडौंको माइतीघर मण्डलामा डा. केसीको समर्थनमा ‘सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्स’ले प्रदर्शन गरेको हो ।

डा. केसीको यो १९ औं अनसन हो । डा. केसीको स्वास्थ्यमा समस्या देखिन थालेपछि शनिबार राति नै प्रहरीले बलपूर्वक अस्पताल पु¥याएको बताइएको छ ।

डा. केसीले कोरोना रोकथाम तथा न्यूनीकरणका लागि पीसीआरको दायरा बढाउनुपर्ने, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चितता हुनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाई तत्काल सुरु गर्नुपर्ने माग राख्दै १९ औं अनसन सुरु हुन् ।

त्यसोत, शनिबार मात्रै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रेस विज्ञप्ती जारी गर्दै कर्णालीमा अनसनरत डा. केसीको माग यथाशीग्र पूरा गर्न सरकारसँग माग गरेको थियो ।

LIVE TV