४ आश्विन २०७७, आईतवार

काठमाडौं, ४ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत दिल्ली क्यापिटल्सको पहिलो खेलको प्लेइङ–११ मा नेपालका सन्दीप लामिछाने पर्न असफल भएका छन् ।

आज (आइतबार) किंग्स ११ पञ्जाबविरुद्धको खेलमा दिल्लीको टिममा नेपालका युवा लेग स्पिनर सन्दीप समावेश छैनन् । दिल्ली क्यापिटल्सको टिममा शिखर धवन र पृथ्वी शा रहेका छन् ।

रिसव पन्त विकेटकिपर छन्, भने अलराउन्डरमा मार्कोस स्टोइनिस र अक्षर पटेल छन् । त्यस्तै, शिमरन हेटमेयर र कप्तान श्रेयस इयर मध्यक्रम ब्याट्सम्यानको रूपमा रहेका छन् ।

उपाधि जित्ने लक्ष्यमा रहेको दिल्ली क्यापिटल्स टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

LIVE TV