४ आश्विन २०७७, आईतवार

काठमाडौं, ४ असोज । सरकारले एयरलाइन्सलाई पूर्ण क्षमतामा जहाज उडाउन दिने निर्णय गरेपछि यातायात व्यवसायी आक्रोशित बनेका छन् ।यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजिनक बसमा सरकारले विभेदकारी नीति ल्याएको आरोप लगाएको छ । गुड्ने र उड्नेको लागि विभेदकारी नियम किन? भनेर महासंघले प्रश्न समेत गरेको छ ।

जहाज र गाडीलाई समान व्यवहार नगरे यातायात व्यवसायी पुरानै भाडामा स्वास्थ्य मापदण्ड मानेर पूरा सिटमा यात्रु राख्ने महासंघले चेतवानी दिएको छ। सरकाले असोज १ गतेदेखि देशभर लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा आधा मात्रै यात्रु राख्न पाउने गरी सञ्चालन गर्न दिएको छ । तर यातायात व्यवसायीले भने सबै सिटमा यात्रु राखेर यातायात संचालन गर्ने चेतावनी दिएका छन्।

सरकारले जहाज र सार्वजनिक बस दुबैलाई आधा मात्र यात्रु राख्न पाउने निर्णय गरेको थियो । तर एयरलाइन्सले उक्त निर्णय नमानेपछि सरकारले पूर्ण क्षमतामा जहाज चलाउन अनुमति दिएको हो ।

 

LIVE TV