४ आश्विन २०७७, आईतवार
  • रामगाेपाल तमखु

भक्तपुर, ४ असोज ।  शहिद धर्मभक्त अंग प्रत्यारोण केन्द्र बागेश्वरीमा बनाउनु पर्ने भन्दै भक्तपुरका राजनितिपार्टी हरुलाई स्थानियहरुले ज्ञापन पत्र बुझाएको छ । भक्तपुर नगरपालिका १ स्थित दुधपाटीमा रहेको शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र ठाँउ अभाव भएपछि २ वर्ष अगाडि चाँगुनारायण नगरपालिका- ७ बागेश्वरीमा बनाउने सहमति भएको थियो ।

तर सहमति विपरीत प्रत्यारोपण केन्द्रलाई भक्तपुर क्षेत्र नम्वर २ कन्टुन्जेमा बनाउने चलखेल भएको भन्दै स्थानीयहरुले विरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन् । वडा नम्वर ७ का वडाध्यक्ष ज्ञानबहादुर श्रेष्ठ सहित स्थानीयहरुको टोलीले आज बिहानदेखि भक्तपुरका राजनीतिक पार्टीको ध्यानार्कषण गर्न ज्ञापनपत्र बुझाएको हो ।

आज बिहान नेपाली कांग्रेस भक्तपुरको सल्लाघारीस्थित पार्टी कार्यालयमा स्थानीयहरुले प्रत्यारोपण केन्द्र चाँगुनारायण नपा बागेश्वरीमै निर्माण गर्नुपर्ने भन्दै प्रदेश सांसद रजनी जोन्छे र कृष्णलाल भडेलको उपस्थितिमा भक्तपुर पार्टी सभापति दुर्लभ थापालाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझेपछि पार्टी सभापति थापाले २०७५ भदौ २१ गते सबै पार्टीका प्रतिनिधि र अस्पताल प्रशासन बसेर गरेको सहमति कार्यान्वयन गर्नुपर्ने बताए । चाँगु नपा- ७ बागेश्वरीमा प्रत्यारोपण केन्द्र बनाउनुपर्ने जोड दिँदै उनले यो विषयमा पार्टीले पहल गर्ने बताए ।

त्यस्तै प्रदेश सांसद कृष्णलाल भडेलले २ तिहाइको दम्भ देखाएर सहमति विपरीत कार्य गर्न लागेको भन्दै आपत्ति जनाएका छन् । प्रत्यारोपण केन्द्र बागेश्वरीमा बनाउन बागेश्वरीमै ७० रापनी जग्गा समेत उपलव्ध भएको र विगतको सहमति कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो । केन्द्रको भवन बनाउन प्रदेश र केन्द्र वाट वजेत ल्याउन आफूले पहल गर्ने उनको भनाइ थियो ।

वडाध्यक्ष ज्ञानबहादुर केसीले आफनो वडा भक्तपुरकै विकट स्थानमा रहेकाले प्रत्यारोपण केन्द्र आफ्नो क्षेत्रमा बनाउँदा बागेश्वरीको मुहार फेर्ने बताए । उनले विगतमा गरेको सहमति कार्यान्वयन गराउन दबाबस्वरुप आज भक्तपुरका चारवटा दल नेपाली कांग्रेस, नेकपा, नेमकिपा र राप्रपा तथा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गर्न ज्ञापन पत्र बुझाउने बताए ।

 

LIVE TV