४ आश्विन २०७७, आईतवार

महात्तरी, ४ असोज । महोत्तरीको बर्दिबासमा जीप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

बर्दिवास नगरपालिका वडा नम्बर ६ मा ज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक ३२ वर्षका प्रमोद राय र पछाडि बसेका २८ वर्षका देवबहादुर खपाङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। दुर्घटनापछि जीप चालकलाई प्रहरीले पक्राउ गरेको छ।

LIVE TV