३ आश्विन २०७७, शनिबार

काठमाडौं, ३ असोज । सरकारले एनआईसी एसिया बैंकका अध्यक्ष एवं उद्योगी व्यवसायी तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’बाट विभूषित गर्ने भएको छ ।

संविधान दिवस–२०७७ को अवसरमा विगत पाँच दशकदेखि नेपालको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत लागेका अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’बाट विभूषित गर्ने घोषणा गरिएको हो ।

उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा लागेका अग्रवालले राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् ।

हाल उनी एनआईसी एसिया बैंकको अध्यक्षका साथै विशाल ग्रुपको उपाध्यक्ष, मैनावती स्टिल इन्डस्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।

अग्रवालसहित अन्य करिब २ दर्जन उद्योगी व्यवसायी विभिन्न पदक तथा विभूषणबाट विभूषित हुने बताइएको छ छ । विभूषित हुने सबैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष कार्यक्रमकाबीच सम्मान गर्ने जनाइएको छ ।

LIVE TV