३ आश्विन २०७७, शनिबार

काठमाडौं, ३ असोज । संविधान दिवस आज मुलुकभर हर्सोल्लासका साथ मनाइरहँदा काठमाडौंको केहि स्थानमा भने रोएर बिरोध गरिएको छ । केन्द्रिय राजधानी काठमाडौंको माइतीघर मण्डला र कोटश्वरको केहि स्थानमा कार्यक्रम गर्ने तयारी गरेका स्वतन्त्र राष्ट्रिय अभियान आबद्ध व्यक्तिहलाई प्रहरीले अबरुद्ध गरेपछि पशुपतिमा गएर रोएर बिरोध गरेका हुन् ।

संविधानको भावना बिपरित सरकारले क्रियाकलाप गरिहेको भन्दै उनीहरुले सविधान दिवसको दिन बिरोध जनाएका हुन् । हजारौंको बलीदानीबाट आएको संविधान प्रगतिशील भए पनि सरकार त्यसको रक्षा भन्दापनि हत्या तर्फ लागेको उनीहरुको आरोप छ ।

बिरोध कार्यक्रममा स्वतन्त्र राष्ट्रिय अभियानका सचिवालय सदस्य कृष्ण प्रसाईँ, अर्थ विभाग प्रमुख बोधनाथ न्यौपाने, संगठन विभाग सदस्य सचिव दुर्गा बस्नेत, युवा तथा खेलकुद विभाग प्रमुख सेर्फड लिम्बू, सञ्चार विभाग प्रमुख चर्चित ढुगेल लगात उपस्तिथ थिए ।

LIVE TV