३ आश्विन २०७७, शनिबार

काठमाडौं, ३ असोज । कांग्रेस महामन्त्री डाक्टर शशांक कोइराला डिस्चार्ज हुनुभएको छ ।  उहाँले आफू डिस्चार्ज भएकोबारे सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो । महामन्त्री कोइरालाले फेसबुकमार्फत आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आएपछि शनिबार डिस्चार्ज भएको बताउनुभएको छ । उहाँ अझै केही दिन चिकित्सकको सल्लाहबमोजिम होम आइसोलेसनमा बस्नुहुनेछ ।

महामन्त्री कोइरालाले आफ्नो उपचारमा संलग्न चिकित्सकको टोलीलाई धन्यवाद दिनुभएको छ । उहाँमा गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्नुभएको महामन्त्री कोइरालाको स्वास्थ्यमा समस्या देखिएको थियो । उहाँ भदौ ३१ गते ओम अस्पताल भर्ना हुनुभएको थियो।

स्पतालका अनुसार कोइरालालाई नरम खालको निमोनिया र ज्वरो देखिएको थियो ।

LIVE TV