गजल : मान्छेलाई बाध्यता छ…



प्रकाशित मिति : Sep 19, 2020

  • कर्ण दयाल ‘सोराडी’

मान्छेलाई बाध्यता छ, रहर पनि छ
भोकमरी छ, कोरोना कहर पनि छ ।

मान्छेको भौतिक शरीर जहाँ भए पनि
मनभित्र गाउँ पनि छ, शहर पनि छ ।

शङ्का र विश्वास दुइटै भनेजस्तो
थोर–थोरै आश पनि छ, डर पनि छ ।

एकोहोरो हार मात्रै पनि हुन सक्दैन
विजयको भरोसा अनि भर पनि छ ।

हो, मन्थन गर्न समय लाग्न सक्छ
यहाँ अमृत पनि छ, जहर पनि छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com