३ आश्विन २०७७, शनिबार

काठमाडौं, ३ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय ११ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ११ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ५ सय ७० संक्रमित थपिएका छन् भने ललितपुरमा ५८ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ८३ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १५ हजार ८ सय २१ पुगेको छ । यसमध्ये काठमाडौमा १३ हजार १० , ललितपुरमा १ हजार ४ सय ८३ जना र भक्तपुरमा १ हजार ३ सय ५८ जना संक्रमित छन् ।

LIVE TV