
- नन्दराम खड्का,
रोल्पा, ३ असोज । रोल्पामा ‘मास्क बैंक’को स्थापना गरिएको छ । जिल्लाको प्रवेशद्वार होलेरी बजारमा नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिकाले मास्क बैंकको स्थापना गरेको हो ।
बिश्व महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरसको संक्रमण फैलिरहेकाले अनिवार्य मास्कको प्रयोग गर्न लगाउने उदेश्यका साथ मास्क बैंकको स्थापना गरिएको नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिकाका सचिब चेतलाल खत्रीले बताए ।
शनिबार (आज)बाट शुरु गरिएको मास्क बैंक अभियान दुई सातासम्म निरन्तर सञ्चालन हुने पनि नेपाली रुन्टीगढी सभापति जनक पुनले जानकारी दिए ।
उनका अनुसार मास्क बैंकमा हुनेले मास्क दिएर जाने र नहुनेले लिएर जान सक्नेछन् । शनिबार नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिकाले औपचारिक कार्यक्रम उद्घाटन गरेर होलेरीमा अभियान सञ्चालन गरेको हो ।