३ आश्विन २०७७, शनिबार

काठमाडौँ, ३ असाेज । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान जारी भएको ५ वर्ष पूरा भएको छ । कोरोना कहरका बीच संविधान दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा संविधान दिवस मनाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएकोछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख लगायत विशिष्ठ व्यक्तिको सहभागीता रहको थियो ।

LIVE TV