३ आश्विन २०७७, शनिबार
  • सुमन कार्की

पाल्पा, ३ असोज । पाल्पाको लुम्बिनी मेडिकल कलेजको आईशोलेसनमा कोरोना सङक्रमित महिलाको मृत्यु भएको छ ।

तानसेन नगरपालिका–१४ की ४२ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका जनाएको छ ।

शुक्रबार राति ११ः४५ बजे निमोनियाको समस्या रहेकी महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।

महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा भदौ ३० गते भएकी उनको स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

दुई दिन सम्म घरको आईशोलेसन गएर बस्दा पूनः स्वास्थ्यमा समस्या देखिएर शुक्रबार लुम्बिनी मेडिकलको आईशोलेसनमा आएको र राति नै महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस घि बिहीबार पनि पाल्पामा कोरोनाका कारण तानसेन नगरपालिका–७, टिन्टीआँपका ५२ वर्षीय एक पुरुषको मृत्यु भएको थियो । यससँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ ।

पाल्पामा अहिले सम्म समुदाय स्तरमा ९८ जना ब्यक्तिमा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी १६ जना साथै ५ जना जनप्रतिनिधिहरु रहेका छन् ।

पाल्पा जिल्लामा हालसम्म ६ सय ८५ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये ५ सय ७७ जना निको भएका छन् ।

LIVE TV