३ आश्विन २०७७, शनिबार
  • विवेक राई

भोजपुर, ३ असाेज । भोजपुको हतुवागढी गाउँपालिकाको उपप्रमुखको मृत्यु भएको छ । ४२ वर्षीया चन्द्रमा राईको उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

एक सातादेखि ज्वरो, खोकी र पखालाले ग्रस्त भएका उपप्रमुख राईलाई भदौ २९ गते प्राथमिक स्वास्थ्य केन्द्र घोरेरटारमा भर्ना गरिएको थियो । केन्द्रमा उपचारपछि डिस्चार्ज गर्ने गरिए पनि उहाँको ब्लड प्रेसरमा समस्य देखिएपछि असोज १ गते बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान लगिएको हतुवागढी गाउँपालिकका प्रमुख प्रेमकुमार राईले बताउनुभयो ।

उपमप्रखु राईको धरानमा उपचार हुन नसक्ने बताएपछि न्यूरो हस्पिटलमा लगेर उपचार सुरु गरिएको थियो ।

त्यसैगरी, गाउँपालिकाको बैठक शनिबार बिहान साढे बस्दै छ । बैठकमा राईको शवलाई भोजपुर ल्याउने विषयमा छलपल हुने गाउँपालिका अध्यक्ष राईलाई बताउनुभयो ।

LIVE TV