२ आश्विन २०७७, शुक्रबार

काठमाडौं, २ असोज । नेपाल क्रिकेट संघ क्यानको कार्यसमिति बैठक असोजको पहिलो साता बस्ने भएको छ । क्यानले असोजको ५ र ६ गते कार्यसमितिको बैठक गर्ने भएको हो । यसअघि भर्चुअलबाट नै कार्यसमितिको बैठक गर्ने योजनामा रहेको क्यानले अवस्था खुकुलो भएपछि काठमाडौं बाहिर बैठक गर्ने भएको हो ।

अहिलेसम्मको योजना अनुसार चितवन जिल्लामा बैठक हुने सम्भावन देखिएको छ । सो बैठकमा कार्यसमितिका पदाधिकारीको उपस्थिति हुनेछ । जसमा क्यानले साधारण सभाको मिति पनि तोकिने छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार बैठकले साधारण सभाको मिति तय गर्नेछ । क्यानले नयाँ नेतृत्व पाएपनि साधारणसभा हुन सकेको छैन । जसका कारण २१ दिने सूचना निकालेर चाँडो भन्दा चाँडो साधारण सभा गर्ने योजनामा क्यान छ । कोरोना महामारीका कारण लामो समयदेखि क्रिकेट गतिविधि पनि ठप्प रहेको छ ।

LIVE TV