२ आश्विन २०७७, शुक्रबार

काठमाडौं, २ असोज । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनका निजी सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यसरी आफ्नो निजी सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएसँगै उर्जामन्त्री पुन पाँच दिनका लागि होम आइसोलेशनमा बस्नुभएको छ ।

उर्जामन्त्री पुनसँगै परिवारका सबै सदस्यहरु होम आइसोलेशनमा बसेका जानकारी गराइएको छ । मन्त्री पुनका परिवारका सदस्य, निजी सचिवालयका सदस्य, ड्राइभर र सुरक्षाकर्मीसहित ३० जनाको कोरोना परीक्षण गरिएको थियो ।

जहाँ एक जना सुरक्षाकर्मीको कोरोना रिपोटए पोजेटिभ आएको थियो ।

LIVE TV