२ आश्विन २०७७, शुक्रबार
  • जितेन्द्र कुमार झा

राजविराज, २ आसोज । बला’त्कार पीडित महिलाले आ’त्महत्या गरेको प्रकरणमा संलग्न ५ जना पक्राउ परेका छन् । सप्तरीको डाकनेश्वरी नगरपालिकाकी १७ वर्षीया किशोरीको सामुहिक बला’त्कार, बलात्कार पश्चा पञ्चायती गरेर मुद्दा छामछुम पार्ने प्रयास गरएिपछि पीडितद्वारा आत्मह’त्या भएको थियो । सोही प्रकरणका बलात्कार गर्ने दुई जना आरोपी र तीनजना पञ्च गरी ५ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले गराएको जानकारी अनुसार बला’त्कारका आरोपी भनिएका डाक्नेश्वरी नगरपालीका(७ बस्ने १९ बर्षिय बब्लु भन्ने सुमन मण्डल र १८ वर्षिय रंजित भन्ने सरोज कुमार मण्डललाई पक्राउ गरिएको हो ।

आरोपी दुवै जनालाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर तथा ईलाका प्रहरी कार्यालय कल्याणपुरको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिनुभयो ।

डीएसपी भारतीका अनुसार पैसाको चलखेल गरी घटना छामछुम पार्न गाँउमै पंचायती गर्दै पीडित र पीडित परिवारलाई घटना लुकाउन दबाव दिएको आरोपमा स्थानीय तीन जना पञ्चहरूलाई पनि पक्राउ गरिएको छ ।

पक्राउ गरिएका पंचहरुमा डाक्नेश्वरी- ७ ब्रहमपुर बस्ने बर्ष ६५ को जयकान्त मण्डल, ६० बर्षिय बासु देव मण्डल र ५० बर्षिय सत्य नारायण मण्डल रहेको डीएसपी भारतीले बताउनुभयो।

घटनाका अन्य दुई आरोपी विष्णु मण्डल र धर्म मण्डल अझै फरार छन् । भदौ २९ गते खेत जाँदै गरेकी डाकनेश्वरी नगरपालिका–७ ललितपुरकी किशोरीलाई चार जनाले बला’त्कार गरेका थिए ।

घटनाबारे प्रहरीमा उजुरी नगर्न भन्दै स्थानीय पञ्चहरूले धम्क्याएपछि उनले सोमबार राति झुन्डिएर आत्मह’त्या गरेकी थिइन् ।

LIVE TV