२ आश्विन २०७७, शुक्रबार

रामेछाप, २ असोज । रामेछापको गोकुलगंगा गाउँपालिका २ ठोसेमा अख्तियारमा उजुरी परेको योजनाको काम अगाडि बढाउन खोज्दा स्थानीय महेशलाल प्रधानलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

केही दिन अघि उनले ठोसे खानेपानी योजनाको पानी ट्याङकीको कम्पाउण्ड लगाउन फलामको एङगल रातको समयमा ओसारेपछि स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

प्रधानले रातको ११ बजे केही मजदुरलाई जवरजस्ती कम्पउण्ड घर्ने फलामको एङ्गल ओसार्न लगाएका थिए । तर स्थानीयले थाहा पाएपछि प्रधानलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेको थिए ।

एक करोड बहत्तर लाखको योजनामा स्टिमेट अनुसारको काम नगरी बील भुक्तानी लिएपछि अख्तियारमा उजुरी परेको थियो ।

अख्तियारको टोली अनुगमनमा आउने भएपछि तीन वर्षदेखि अलपत्र योजनामा प्रदेश खानेपानी कार्यालय रामेछापका इञ्जिनियर नवराज सत्यालले ‘अनुगमन टोली आउँदै छ, जसरी पनि काम नगरी भुक्तानी लिएको संरचना देखाउनकै लागि भएपनि काम गर्नु भन्दै’महेशलाल प्रधानलाई परिचालन गरेपछि प्रधानले स्थानीयको अवरोधबाट जोगिन मध्य रातमा निर्माण सामग्री ओसार्ने प्रयास गरेका हुन् ।

मध्य रातमा स्थानीय र प्रहरीले निर्माण सामग्री नियन्त्रणमा लिएपछि प्रधानले उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारको सामान भन्दै झुठ बोलेका थिए । तर तत्काल प्रहरीले अध्यक्ष सुनुवारलाई फोन गर्दा अध्यक्ष सुनुवारले उक्त सामान आफ्नो नभएको बताएका थिए ।

भोलिपल्ट गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारसहित प्रहरी चौकी ठोसेमा भएको भएको छलफलमा उजुरी परेको खानेपानी योजनामा छानविन नभएसम्म काम गर्न नपाइने भन्दै उक्त एङ्गल प्रहरी चौकी ठोसेको नियन्त्रणमा राखिएको छ ।

यसअघि पनि उनले लकडाउनको मौका छोपी उक्त खानेपानीको टयाङ्कीमा पानी हाल्न खोजेपछि स्थानीयको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालयले रोकेको थियो । ठोसे खानेपानी योजना सम्पन्न भएर उपभोक्ताले पानी खाएको खानेपानी कार्यालयको रेकर्डमा छ ।

तर, अहिलेसम्म ट्याङकीमा खानेपानी सञ्चालनमा नभएको र योजनाको काम सम्पन्न नभएको स्थानीय डबल बहादुर श्रेष्ठले बताए । जवरजस्ती रातको समयमा काम गर्न खोजेपछि निर्माण सामग्री नियन्त्रणमा लिएको स्थानीय सुरेन्द्र श्रेष्ठले बताए ।

मुहानमा समेत ट्याङकी नबनाई सिधै छाँगामा पानी ल्याउन पाइप जोडिएको श्रेष्ठले बताए । जिल्ला प्रशासन कार्याल्य र अख्तियारबाट लकडाउन र निषेधाज्ञाका कारण छानविनमा ढिलाई हुँदा प्रधान लगायतको खानेपानी अनियमितता गर्नहरुले कानुनी कारवाहीबाट बच्न उपाय निकाल्न कोसिन गरिहेको स्थानीयल बताएका छन् ।

प्रदेश खानेपानी कार्यालय रामेछाका इञ्जिनियर नवराज सत्यालले भ्रष्टाचाबाट बच्न र अनुसन्धानलाई प्रभावित बनाउन विभिन्न कर्मचारी र नेता मार्फत अख्तियार कार्यालय हेटौंडामा चलखेल गर्न खोजेको स्रोतको दावी छ ।

इञ्जिनियर सत्यालले केही उजुरीकर्तालाई योजनामा कामै नगरी केही पैसा भुक्तानी भएको स्वीकार गर्दै केही उजुरीकर्तालाई राजनीतिक दलका नेता मार्फत फोन गरेर सहयोग गर्न आग्रह गर्न लगाएका थिए ।

इञ्जिनियर सत्यालले भुक्तानी दिने र प्रधानले सोझा साझा जनतालाई उपभोक्ता समितिमा राख्ने कामै नगरी रकम निकासी गर्दै विकास बजेट आर्थिक अनियमितता गर्दै आएको पाइएको छ ।

उनीहरुले ठोसे खानेपानी योजना लगायत लिसे खानेपानी योजना, एकामफेदी खानेपानी योजना, गोबरेटार खानेपानी योजना र सिंगटी खानेपानी योजनामा स्थानीय विद्यालयका शिक्षक आशाकाजी श्रेष्ठालाई कोषाध्यक्ष बनाएर गाउँमा सोझा ब्यक्तिलाई अध्यक्ष र सदस्य बस्न लगाएर खाली चेकमा हस्तार गर्दै भुक्तानी लिन लगाएका थिए ।

६ वटा खानेपानी योजनाका काम गरेका एक सय ५० भन्दा बढी मजदुरले तीन वर्षसम्म पारिश्रमिक पनि नपाएको र योजना पनि सम्पन्न भएपछि अख्यिार र जिल्ला प्रशासन कार्यायमा उजुरी परेको थियो ।

उजुरी पछि स्थलगत अनुगमनमा पुगेको जिल्ला प्रशासनको टोलीले अनियमितता भएको पाइएपछि १५ दिन भित्र मजदुरको पैसा भुक्तानी गर्न निर्देशन दिएको थियो ।

न्यूज २४ टेलिभिजनको कार्यक्रम सिधाकुरा जनतासंगको कार्यक्रयमा यो विषयमा रिपोर्ट प्रशारण भएपछि प्रधान, शिक्षक आशाकाजी श्रेष्ठ र केही व्यक्तिले १० लाखको रुपैयाको हाराहारीमा मजदुरलाई पारिश्रमिक दिएका थिए ।

तर आधा जसो मजदुरलाई भने उल्टै धक्याउँदै आधा मात्र परिश्रमिक दिएका थिए । प्रधानले विकास निर्माणका लागि आउन बजेट आफूले ल्याएको भन्दै गाउँका सोझा साझा मान्छेहरुलाई उपभोक्ता समितिमा राख्ने र उपभोक्ता समितिको खाली चेकमा हस्ताक्षर गर्न लगाएर रकम निकासा गरी ठग्दै आएको स्थानीयले बताएका छन् ।

उपभोक्ता समितिलाइ समेत कतिको योजना हो भन्ने थाहा नदिने र चकेमा समेत समितिका अध्यक्षको नै नक्कली हस्ताक्षर गर्न गरेको उपभोक्ता समितिका व्यक्तिहरुले बताएका छन् । छानविनमा ढिलाई भएको भन्दै तत्काल छानविनको लागि स्थानीयले माग गरेका छन् ।

यस अघि पनि प्रधानले आठ लाखको पानी ट्याङ्की समेत नबनाइ एउटा धारा मात्र बनाएर ग्यालिनबाट पानी झारेका फोटो पेस गरेर भुक्तानी लिएका थिए । पछि अख्तियारमा उजुरी परे पछि माफी मागेर योजना सम्पन्न गर्ने बताएपछि स्थानीयले पनि एक पटकलाई भन्दै माफी दिएका थिए ।

आफै उपभोक्ता समितिमा बस्दा अख्तियारले समाउने डरले उनले अन्य व्यक्तिलाई उपभोक्ता समितिमा राखेर दुई चार हजार खर्च दिने र अरु आफूले योजना ल्याएको भन्दै स्टिमेट अनुसार काम नगरी भुक्तानी लिएर खाने गरेको स्थानीयको आरोप छ ।

LIVE TV