२ आश्विन २०७७, शुक्रबार
  • दान बहादुर बुढा

मुगु, २ असोज । एक साताअघि शंकास्पद भनी मृत्यु भएका छायानाथ रारा नगरपालिका वडा नं ७ का २१ वर्षिय युवा रामकृष्ण विष्टको मृत्युको घाउ सेलाउन नपाउँदै फेरि अर्को घाउ लागेको छ ।

छाँयानाथ रारा नगरपालिका- ८ का २८ वर्षीय एक युवा राजेन्द्र बहादुर शाही पनि पत्नीसहित ससुराली भेट्न खत्याड गाँउपालिका- ६ रास्कोटीबाडा ससुराली घर गएका शाही बुधबार सोही गाँउको जङ्गलको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार ती दुवै युवा श्रीमती ल्याउन भनेर ससुराली-घर गएका थिए । तर विडम्बना लास बनेर घर फर्कनु परेको जिल्ला प्रहरी कार्यालय मुगुका सुचना अधिकारी भीमदत्त जोशीले बताए ।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ झ्यारी गाउँका २१ वर्षीय युवक रामकृष्ण विष्ट सुसुराली घरमा रहेकी पत्नीलाई आफ्नो घर ल्याउन गएका थिए । ससुराली गाउँ नजिकै रहेको रुखमा भदौ २५ गते उनी झुण्डिएको अवस्थामा मृत फेला परेको मृतक विष्टका भतिजा रतन रावलले बताए । रावलले काका विष्टको मृत्यु भयो भन्ने खबर पाएपछि आफूहरु त्यसतर्फ गएको जानकारी दिए ।

मृतक विष्टकी श्रीमतीले जिल्ला अदालत मुगुमा सम्बन्ध-विच्छेदको मुद्दा हालेको तर श्रीमानले श्रीमतीबाट टाढा हुन नखोजेको बताइएकाे छ । मृतक विष्ट अध्ययनको लागि नेपालगन्ज गएका थिए ।  नेपाल सरकारले लकडाउन गरेपछि घर फर्किपछि परिवारमा श्रीमतीले तनाव दिने गरेको कारण मनमुटाव भएकाे सूचना अधिकारी जोशीको भनाइ रहेको छ । घटनाबारे थप अनुसन्धानको लागि मृतक विष्टकी पत्नि, ससुरा र सासूलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीकाे भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जोशीले दिएको जानकारीअनुसार खत्याड गाँउपालिकामा- ६ मा झुण्डिएको अवस्थामा फेला परेका युवाको घट्ना अवस्था हेर्दा ती युवाले आफै आत्महत्या गरेको हुन सक्ने देखिएको छ । तर अनुसन्धान जारी रहेकाे प्रहरीकाे भनाइ छ ।

LIVE TV