२ आश्विन २०७७, शुक्रबार

काठमाडौं, २ असोज। आज (शुक्रबार) बस्न तय गरिएकाे सत्तारूढ नेकपाकाे सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान सचिवालय सदस्यहरूलाइ सूचना पठाएर बैठक स्थगित गरिएकाे जनाइएकाे छ । यद्यपि स्थगन गर्नुकाे कारण भने खुलाइएकाे छैन ।

आजकाे बैठक बिहान ११ बजे तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय गरिएको थियो । पार्टीकाे मुख्य कार्यालय धुम्बाराहीमा भए पनि अधिकांश बैठकहरू प्रधानमन्त्री निवास बालुवाटरमा बस्दै आएका थिए । बैठक यही असोज ४ गते आइतबार बस्नेगरी  स्थगित भएको जनाइएकाे छ ।

LIVE TV