१ आश्विन २०७७, बिहीबार

काठमाडौं, १ असोज । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पाँच सय ९० जनालाई वितरण गर्नका लागि विभिन्न तहका विभुषण सिफारिस गरेको छ ।

विहीबार (आज) बसेको बैठकले संविधान दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट वितरण गर्नका लागि उक्त विभुषण सिफारिस गरेको हो ।

उक्त विभुषण असोज ३ गते राष्ट्रपतिले वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ । आजको बैठकले विभुषण सिफारिसको मात्र निर्णय गरेको जनाइएको छ ।

LIVE TV