१ आश्विन २०७७, बिहीबार
  • शितल भट्ट,

कञ्चनपुर, १ असोज । जनप्रतिनिधि र कर्मचारीको मिलेमत्तोमा फर्जी विद्यालय बेचबिखन प्रकरणबारे अख्तियारमा समेत उजुरी परेको छ ।

तत्कालीन जिल्ला शिक्षा कार्यालय कञ्चनपुरबाट अनुमति लिएर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीमा दर्ता भएको तर, सञ्चालनमा नआएको एक फर्जी विद्यालय अन्यत्रै विक्री वितरण गरेको भन्ने बारेमा बिहीबार अख्तियारमा उजुरी परेको हो ।

उक्त बेचबिखन प्रकरणमा संलग्नमाथि कारबाहीको माग अघि सारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालय कञ्चनपुरमा उजुरी परेको छ ।

उक्त उजुरीमा शुक्लाफाँटा नगरपालिकाबाट अन्यत्र नै ठाँउसारी भएका विद्यालयका बारे समेत छानबिनको माग अघि सारिएको छ । शक्ति, पद र पहुँचका आधारमा निजी विद्यालय बेचबिखन गरेर शैक्षिक क्षेत्र तहस नहस बनाउनेमाथि कारबाहीको माग अघि सारिएको छ ।

यस विषयमा अख्तियारमा आएको उजुरीमाथि आवश्यक छानबिन हुने अख्तियार दुरुपयोग अनुसन्धान अयोग कञ्चनपुरले जनाएको छ ।

LIVE TV