चीनमा छुन नसकेको कोरोना भाइरसले, नेपालमा भने छोडेन



प्रकाशित मिति : Sep 17, 2020
  • विकुलक्ष्मी त्वानाबासु (कर्मचार्य),

भक्तपुर, १ असोज । भक्तपुरका एक जोडी, जुन जोडी चीनको हुवानमा महामारी फैलिरहेको बेला बेइजिङबाट सुरक्षितरुपमा नेपाल फर्किएका थिए ।

कोरोना भाइरस नेपाल भित्रिएपछि मात्र धेरै नेपालीले कोरोना भाइरसबारे थाहा पाए । तर जतिबेला चीनमा कोरोनाको महामारी फैलिएको थियो, त्यो बेला चीनको राजधानी बेइजिङ्गमा थियो यी जोडी ।

बिश्वमा कोरोना भाइरस संक्रमित धेरै स्वास्थ्यकर्मी तथा डाक्टरहरु तथा बिभिन्न पेशाका संक्रमितहरुले निको भएपछि आफ्नो अनुभव सुनाउँदै गरेको अवस्थामा अब यी जोडी विकुलक्ष्मी त्वानाबासु (कर्मचार्य), अनिल कर्मचार्यबाट कोरोना भाइरस पोजेटिभबाट मुक्त अर्थात नेगेटिभ रिपोर्ट आईसके पछि कोरोनाबारे आफुहरुले भोगेका केही तीतामीठा अनुभवहरु यसरी न्यूज २४ मार्फत यसरी शेयर गरे ।

विकुलक्ष्मी त्वानाबासु (कर्मचार्य)

विकुलक्ष्मी त्वानाबासु (कर्मचार्य), जति बेला चीनमा कोरोना भाइरसको महामारी शुरु भयो त्यतिबेला त्यहा जाडो महिनाको विदा भइरहेको थियो । चीनको उहानमा कोरोना संक्रमित भएपछि हामी बसेको ठाउँमा पनि लकडाउन जस्तै भयो ।

हाम्रो कलेजको गेटमा बाहिर किनमेलको लागि पीपीई लगाएर ज्वरो नापेर मात्र बाहिर पठाउने र फेरि ज्वरो नापेर मात्र कलेजभित्र पठाउने गरिरहको थियो । त्यस्तै नजिकैको सबैे विल्डिङ्गहरुमा पनि त्यस्तै नियम बनाएको थियो । कोरोना भाइरस फैलिएको थाहा हुने वित्तिकै हामीले १५ दिनको लागि एकैचोटि अत्यावश्यक सामान किनेर ल्याएका थियौ ।

हामी श्रीमान श्रीमती नै चाइनिज भाषामा स्नातक गरिराखेका थियौं । कलेजमा छात्रवृत्तिमा पढाई गरिरहेका थियौं । हाम्रो ५ वर्षको समय अवधि थियो । हाम्रो पढाई सक्न केही महिनामात्र बाँकी थियो । कोरोनाले चीनलाई सताइहाल्यो । मेरो श्रीमान भन्दा नि म धेरै आत्तिएको थिए ।

यहि पो मर्ने हो कि कोरोनाले भनेर ? घर जान पाउँदिन कि भनेर तनाव उत्पन्न भएको थियो । घरबाट फोन गर्दा पनि सबैले घर फर्केर आउ भनिन्थ्यो । हामी दोधारमा परेका थियौं । जाउ भने पढाई सकिएको थिएन । नजाउ भने कोरोना लागेर यहीं नै पो मर्ने हो कि बाच्ने हो केही थाहा छैन् ।

डिसेम्बरमा चीनमा कोरोना भाइरस पत्ता लागेपछि हामी एक महिना त कलेजको त्यो सानो होस्टेलको कोठामै थुनियौं । त्यो एकमहिना अलमलमा परेपछि नेपालका साथीहरु र अरु देशका साथीहरु पनि फर्किने भनी सकेपछि हामीले पनि नेपाल फर्किने निर्णय गर्यौं ।

त्यतिबेला जसलाई परीक्षण गर्ने बेला ज्वरो वढी छ, प्रेशर ठीक छैन भने त्यहिबाट कोरोना अस्पताल लान्छ भन्ने पनि हल्ला सुन्यौं । मलाई त्यो कुराले पनि धेरै तनाव दिएको थियो । मेरो श्रीमन मेरो ‘टेन्सन’ देखेर नै निराश हुन्थे ।

फेरि मनमा लाग्थ्यो, एक जना जना पाउने एक जना जान जपाउने भयो भने के गर्ने । बुढा जान पाउने अनि म चाहि यहि भयो भने के गर्ने ? यस्तो कुराहरुले मनमा घर नै बसाई सकेको थियो ।

त्यसपछि हामीले दुबै जना नेपाल फर्किने टिकट मिलाएर टिकट लिएर विमानस्थल पुग्यौं । सबै चेकजाँच गरियो नरमल देखायो मेरो र मेरो श्रीमान दुवैको । त्यसपछि शरीरमा ज्यान आयो ।

तर हाम्रो समूहका मध्ये एकजना साथीको टेम्पेरेचर अहिल बढी भयो अनि उसलाई त्यहिबाट होस्टेल फर्कायो । यसरी हामी जनवरी (पुस)मा चीनको बेइजिङ्गदेखि नेपाल घर फर्केका थियौं । हामी त्यहाँबाट कोरोनासंग भागेर आएका थियौं ।

त्यहाँ एकहप्तामा अस्पताल बनाएर कोरोनाको विरामीलाई व्यवस्थित गरेको देख्दा हामीले सोचेका थियौं कि नेपालमा कोरोना आउदैन । कोरोना चीनमा नै सकिन्छ, भन्ने मनमा कुरा खेलाउँदै यसरी हामी नेपाल पुग्यौं ।

सबै परिवार खुुशी भए, हामी पनि खुसी भयौं । अब त मरिदैन भने मनमा महसुस भएको थियो मलाई । यता नेपाल आइसकेपछि हामी १४ दिन होम क्वारेन्टाइनमा बस्यौं ।

त्यतिबेला पनि सबैले चीनमा आएका कोरोना लिएर त आएनौं, यस्तै प्रश्न गर्थे । त्यसको जवाफ मुसुक्क हासेर, होइन हामी आउने बेला बेइजिङ्गमा आएको थिएन, हामीले सबै टेस्ट गराएर आएका हौं भन्थ्यौं ।

तर हामी चीन देखि कोरोना सँंग भागेर आए पनि हाम्रो घरका ठूलो ससुरोलाई भदौ ६ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि उहाँलाई केएपसी कलेज दुवाकोटको आईसोलेसन लगेर राखिएको थियो ।

पुष महिनामा चीनबाट कोरोना देखि भागेर नेपाल फर्केका हामी नेपालमा आफ्न्रै घरमा भदो महिनामा कोरोना भाइरसले भेटाई छाड्र्र्रयो । त्यसपछि कन्ट्याक्ट टेसिंङ गर्दा एउटै घरमा बस्ने चार दाजुभाईका परिवार हामी चीनबाट फर्केको श्रीमान श्रीमती सहित परिवारका अरु १२ जनामा कोरोना पोजेटिभ भएको रिर्पोट आयो ।

हामी त छानाबाट खसेका झै भयौं । चीनमा कोरोना संक्रमित हुन्छ भनेर भागेर आएका हामीलाई नेपालमा आएको ९ महिनापछि कोरोना भाइरस संक्रमित भएकोमा एकदम दुखी भएँ ।

एकचोटी त आँत्तिएका थियौं । सबैजना अब अस्पताल क्वारान्टाइनमा लाने हो कि सबैजनालाई छुटछुटै राख्छ होला कसरी बस्ने, के गर्ने के गर्ने भएको थियो । तर कोरोनाको केही सिमटम नभएको कारण हामी सबै होम आइसोलेसन मै बस्यौं ।

चीनमा हुदाँखेरी मैले कहिले पनि सुनेकी थिईन की कोरोना लागेको विरामीलाई डाक्टर तथा नर्सहरुले छुन डराए । परिवारका मान्छेहरुले हेपेको, समाजका व्यक्तिहरुको वहिष्कार जस्तै गरी व्यवहार गरेको भनेर ।

कहिले पनि समाचार पनि आएन । हामी चीनमा बस्दा त्यस्तो व्यवहार भयो भनेर पनि सुनेनौं । तर यहाँ त कोरोना भएकोलाई नातेदार, समाज, प्रहरी, स्वास्थ्यकर्मी देखि सबैले हेला गर्ने कुराहरु समाचारबाट, परिवारबाट सुने, थाहा पाएँ, आफैले महशुश पनि गरे ।

त्यतिबेला यस्तो नगरिदिएनी हुन्थ्यो भन्ने मनमा लाग्थ्यो तर अहिले आफ्नै घरका सदस्य र आफैलाई कोरोना संक्रमित हुदा समाजले गरेको व्यवहार देख्दा त बरु चीनमा नै बसिराखेको भए हुन्थ्यो जस्तो लाग्छ ।

हाम्रो घर परिवारमा एकजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि हामी आफै पनि सम्झदार भएर कोहि पनि बाहिर गएनौं । घर भित्र नै बस्यौं । तर हाम्रो घर नजिकै मासु पसल राख्ने व्यक्तिलाई पनि तिमी त कोरोना संक्रमितको घर नजिकै पसल भएको भनेर तरकारी किन्न जादाँ तरकारी नै दिएन रे ।

आफ्ना घरका सदस्यहरु यसो बाहिर हेरेको देख्यो कि मुख विर्गाने, मलाई त कोरोना भाइरसका कारणले नमरिकन यो समाजको मान्छेहरुको ब्यवहारले गर्दा मानसिक टचरले नै कोरोनाका विरामी मर्छ होला भन्ने लाग्यो ।

म कुनै स्वास्थ्यकर्मी होइन्, तर म आफैले भोगीरहेको पीडाहरु देख्दा जबसम्म आफूमा परिवर्तन आउदैन तबसम्म केही हुर्दैन । के कोरोना संक्रमित भएका व्यक्तिहरु आफैले बोलाएको हो र कोरोनालाई मलाई पनि संक्रमण गर भनेर रु भन्ने गर्छ छुवाछुत सक्यो रे ।

नेपालीहरुको बाहिर व्यवहारमा छुवाछुत छैन भनेर देखाए ता पनि मनको कुनै कुनामा बाँकी नै छ, जुन अहिले कोरोना संक्रमित परिवार तथा सदस्यहरुलाई गरिराखेका छन् । जुन एकदम गलत हो मेरो विचारमा ।

परिवारको साथ भए कोरोना पनि निको हुने रहेछ । त्यसको एउटा उदाहरण म पनि बने । हामी सवै परिवार नै बन्यौं । मलाई पनि केही दिन भयो कोरोना नेगेटिभ रिर्पोट आयो । कोरोना पोजेटिभ भए पनि लक्षण नभएको खण्डमा निको हुने रहेछ ।

त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नै भनिरहेका छन् नि नेपालका कोरोना पोजेटिभ आएको सबै लक्षण भएको होइन् । लक्षण भएका केही विरामीहरुलाई अलि धेरै गाह्रो हुन्छ ।

लक्षण नभएको विरामीहरुले सरसफाई तथा खानपिनमा ध्यान दिएको खण्डमा निको हुने रहेछ । यो मेरो आफ्नो भोगाई हो । परिवारका १२ जना नै पछिल्लो परीक्षणमा नेगेटिभ आयो भर्खरै ।

कोरोना भाइरस संक्रमित भएका व्यक्तिहरुको घरमा डोरी तथा बार लगाइ सिल गरिदिने कुरामा मलाई चित्त बुझेन । त्यसले गर्दा साँचै नै हामी त समाजबाट टाढिने भइहाल्यो । बरु पोजेटिभ भएका व्यक्तिहरुलाई सम्झाएर बाहिर ननिस्कनु भनी अनुरोध गरे हुन्थ्यो कि जस्तो लाग्छ ।

मलाई हामी सबै कोरोना पोजेटिभ भएकालाई जेलमा राखिराखेको जस्तो महसुस भयो । घरमा बसेर नि के गर्ने । घरमा बस भनेको छ, घरमा बस्दा यस्तो गर्नुपर्छ, यस्तो गर्दा राम्रो भनेर गाइड गर्ने कोही छैन् ।

त्यस्तो गरेको खण्डमा पनि त उनीहरु फ्रेस महसुस गर्छन होला । घरमा मात्र बस भनेको छ सरकारले दिनभरि के गर्ने ?

कोरोना संक्रमितहरु त कोही घर बस्दा बस्दा डिप्रसनमा नै जान्छ कि जस्तो लाग्छ । त्यहि भएर कोरोना संक्रमितलाई दिनभरी केही गराउनु पनि पर्ने हो कि ? म पनि एक हप्ता जति त पूरै अब कोरोनाले मर्ने नै भयो कि जस्तो मात्र मनमा सोच आउने गरेको थियो ।

तर पछि मैले घरमा भएको कामहरु, रुमाल बुने, केही किताबहरु पढे, चित्र लेखें । अहिले हामी १३ जनाको परिवार सवै ठीक छौं, चीनबाट फर्किएका श्रीमान श्रीमति मात्रै होइन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com