१ आश्विन २०७७, बिहीबार

काठमाडौं, १ असोज । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलनको काम सुरु गरेको छ । बिहीबार काठमाडौं वडा नम्बर २६ बाट उक्त सेवाको शुभारम्भ गरिएको हो ।हाल विभिन्न १० वटा वडाबाट सेवा सुरू भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले जानकारी दिनुभयो । विद्युतीय प्रणालीको सेवा सुरु भएसंगै कर तिर्न समय लाग्ने र झण्झटिलो अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो ।

आगामी दिनमा अन्य प्रशासनिक कार्य पनि विद्युतीय प्रणालीमार्फत गर्ने तयारी गरिएको अर्यालले जानकारी दिनुभयो ।

सातौं नगरसभाको निर्णय अनुसार नै विद्युतीय प्रणालीमार्फत राजस्व निर्धारण तथा संकलन गर्ने सेवा सुरु गरिएको महानगरले जनाएको छ ।

LIVE TV