१ आश्विन २०७७, बिहीबार
  • विश्वराज तामाङ,

उदयपुर, १ असोज । रौतामाई गाउँपालिकामा भएको भनिएको अनियमितताको बिषयमा सत्यतथ्य छानविनको माग राख्दै स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

रौतामाई गाउँपालिका ७ मुकुर्चीका स्थानीय युवाहरुले रौतामाई गाउँपालिकाभित्र अनियमतिता भएको समाचारहरु सार्वजनिक भएपछि पालिकालाई खबरदारी गर्नका लागि विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले सांकेतिक विरोध स्वरुप रौतामाई गाउँपालिका वडा नम्बर ७ को कार्यालयका वडा सचिव लोकेन्द्र कार्कीमार्फत गाउँपालिकालाई ज्ञापन–पत्र बुझाएका छन् ।

रौतामाई गाउँपालिकाभित्र भएको भनिएको अनियमितताको बिषयमा समाचार सार्वजकि भइसकेपछि पुनः गाउँपालिका अध्यक्ष खड्काले कर्मचारीको बचाउ गर्दैै विज्ञप्ती जारी गरेपछि कर्मचारीको संरक्षणमा गाउँपालिका लागेको भन्दै युवाहरुले खबरदारी गरेका हुन् ।

गाउँपालिकामा अख्तियार मिचेर काम गर्ने कर्मचारीलाई कारबाहीको माग राख्दै युवाहरुले गाउँपालिकाको नियतमाथि प्रश्न उठाएका छन् । स्थानीय युवा प्रलाद कार्कीको नेतृत्वमा दुई दर्जन बढी युवाहरुले मुकुर्ची बजारमा विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कारबाहीको माग राखेका छन् । यता नेपाल कम्युनिष्ट पार्टीले रौतामाई गाउँपालिकामा औषधि खरिद प्रकरण तथा सञ्चार माध्यममा आएका बिषयमा छानविन गर्नका लागि नेकपा नेता जीवन कुमार कार्कीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिनि गठन गरेको छ ।

LIVE TV