१ आश्विन २०७७, बिहीबार
  • तारा आचार्य,

विराटनगर, १ असोज । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसन वार्डमा बुधबार राति एक बृद्धको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि बुधबार राति ११ बजे अस्पताल भर्ना भएका विराटनगर ६ का ६६ बर्षीय बृद्धको एक घण्टापछि मृत्यु भएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका कारण उनको स्वाब परीक्षण गरिएको थियो ।

उनको मृत्युपछि विहीबार रिपोर्ट पोजेटिभ आएको सो अस्पतालले जनाएको छ । ज्वरो खोकी र सासफेर्न समस्या भएपछि आफन्तले उनलाई विराटनगरस्थित लाइफगार्ड हुदैं कोशी अस्पताल पु¥याएका थिए ।

अस्पताल आइपुग्दा उनको अवस्था निकै नाजुक भइसकेको थियो भने आइसोलेसन वार्डमा भर्ना गरेर उपचार गर्दा गर्दै उनको मृत्यु भएको कोशी अस्पतालका आइसोलेसन इन्चार्ज डा.लक्ष्मीनारायण यादवले जानकारी दिए ।

योसंगै मोरङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ भने प्रदेश १ मा मृत्यु हुनेको संख्या ५३ पुगेको छ । प्रदेश बाहिरका १३ जना रहेका पनि सामाजिक मन्त्रालयले जनाएको छ ।

LIVE TV