१ आश्विन २०७७, बिहीबार
काठमाडाैँ, १ असाेज । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वाेच्च अदालतका भूतपूर्व प्रधानन्यायाधीश अनिरूद्ध प्रसाद सिंहको निधनप्रति दु:ख व्यक्त गर्नुभएकाे छ । उहाँले स्व. सिंहको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना समेत प्रकट गर्नुभएकाे छ ।

पूर्वप्रधानन्यायाधीश सिंहको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे निधन भएको थियाे । उहाँकाे निमोनियाका कारण निधन भएको हो । स्व. सिंहले २०१३ साल जेठ ८ गते देखि २०१६ साल असोज १५ गते सम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रुपमा काम गर्नुभएकाे थियाे

LIVE TV