१ आश्विन २०७७, बिहीबार

काठमाडौँ, १ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले महामन्त्री डा। शशांक कोइरालालाई स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ । सभापति देउवाले कोइरालाको स्वास्थ्य अवस्थाबो चासो राख्दै यथासिघ्र स्वास्थलाभको कामना गर्नुभएको छ ।

गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका कोइराला बुधबार चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो । स्वास्थ स्थितिमा क्रमिक सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

यसैबिच, महामन्त्री शशांक कोइरालाले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यस्थितीको बारेमा जानरी दिनुभएको छ । उहाँले एक भिडियो सार्वजनिक गर्दै, आफु ओम अस्पतालमा आइसोलेसनमा बसेको र स्वास्थ्यमा सुधार भएको भन्दै सुभेच्छुकलाई चिन्ता नलिन अनुरोध गर्नुभएको छ ।

LIVE TV