१ आश्विन २०७७, बिहीबार

काठमाडौँ, १ असोज । करिब ८० वर्ष अगाडि सञ्चालनमा आएको ज्योति ग्रुपको पारिवारिक किचलो हाल सतहमा आएको छ । निरन्तर फैलिएको यो व्यवसायिक साम्राज्यमा अहिले दाजुभाइबीचको कलहमा रुमलिएको छ ।

उद्योगी घराना ज्योति समूहभित्र सम्पत्ति बाँडफाँट र आफ्ना कम्पनीहरूमाथिको नेतृत्वको विवादका कारण हाल दाजुभाईबीचको युद्ध उत्कर्षमा पुगेको हो । मणिहर्ष ज्योतिले खडा गरेकोे प्रतिष्ठित औद्योगिक घरानाभित्रको यो किचलो हालै मात्र सुरु भएको भने होइन ।

मणिहर्षले ८० वर्ष अगाडि सुरु गरेको यो औद्योगिक साम्राज्यको मणिहर्षको निधनपछि २७ वर्षसम्म ज्योति समूहको त्यो विरासत अध्यक्षका रूपमा उनका जेठा छोरा पद्म ज्योतिले सम्हालेका थिए । तर, आइतबार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक सूचनाअनुसार ज्योति समूहको अध्यक्षमा रूप ज्योति चयन भएका छन् ।

मोटरसाइकलदेखि कार बिक्री कम्पनीसम्म, डण्डीदेखि अक्सिजन ग्यास उत्पादन गर्ने उद्योग, बैंकदेखि इन्स्योरेन्स कम्पनी, औषधि उद्योगदेखि अस्पताल, हवाई टिकट बेच्ने ट्राभल एजेन्सीदेखि आयात९निर्यात सहज गर्ने लजिस्टिक कम्पनीसम्ममा लगानी गरेको यो समूह नेपालकै प्रतिष्ठित समुह हो ।

४० वर्ष अघि नै अंश छिन्न भिन्न
लामो समयदेखी बाहिरबाट ज्योति समूहको सगोलमा उद्योग र व्यापार देखिए पनि त्यो भने ४० वर्षअघि नै छुट्टिभिन्न भएको दाबी भाइ रूप ज्योतिको भनाई छ । मणिहर्ष ज्योतिले अंशबन्डा गराउँदा पनि अचल सम्पत्तिको अंशबन्डा गराइदिएका थिए तर कारोबार, नाफा भने सगोलमा हुने । अंशबन्डा गर्दा तीन भाग लगाए र एक–एक भाग दुई छोरालाई र एक भाग आफूलाई राखे ।

रुपज्योतिका अनुसार, ’भोलि दाजुभाइबीच सम्पत्तिको विवाद हुन सक्छ भन्ने सोचेर ४० वर्षअघि नै बुबाले हामीलाई सम्पत्ति, सेयर सबैको बाँडफाँड गर्नुभएको थियो।’

मणिहर्षको सम्पत्ति र सेयर उनकी श्रीमती (केशरलक्ष्मी)को निधनपछि अविवाहित छोरी कमलाको नाममा शेयर
मणिहर्षकोे दुई छोरालाई भाग लगाएर बाँकी रहेको शेयर तथा सम्पत्ति मणिहर्षको नाममा थियो । उन को मृत्युपछि उक्त सम्पत्ति उनकी श्रीमति केशरलक्ष्मीको नाममा सर्यो । उनको पनि मृत्यु भएपछि सो सम्पत्ति अविवाहित छोरी कमलाको हिस्सामा सर्यो । मणिहर्जका तीन छोरीमध्ये कमला अविवाहित छन् । अहिले पद्म, रुप र कमलामा सम्पत्ति र सेयर हिस्सा छ ।

विवादको सुरुवात
ज्योति समूहको विवादको सुरुवात हिरो र होन्डा छुट्टिएपछि भएको हो । सुरुमा हिरो–होन्डाको कारोबार रुप ज्योतिले हेर्दै आएका थिए । जब भारतमा पनि दाजुभाइको झगडाले हिरो र होन्डा दुईवटा कम्पनी बन्यो, त्यसको असर ज्योति परिवारमा पनि देखियो । उक्त कम्पनीले एउटै परिवारलाई दुईवटा कम्पनीको डिलर नपाउने भन्यो । त्यसपछि रुप ज्योतिले हिरो मोटरसाइकल आफ्ना छोरालाई र होन्डा दाइ पद्म ज्योतिका छोराले हेर्ने गरी बाढेका थिए ।

आमाको मृत्युपछि नाफा नबाढिएपछि विवाद चुलियो
आमा हुञ्जेल नाफा बाँढफाड गरेका यो समुहले आमाको शेखपछि नै नाफा दाजुभाई तथा बहिनीको बिच बाँडफाँड नहुने काम भयो । रुपज्याति स्रोतका अनुसार आमा हुँदासम्म नाफा दिने, त्यसपछि नदिने यो त भएन भनेर बैनी रिसाएको र आफ्नो पनि चित्त दुखेको जसको कारण पनि हाल विवाद बढेको बताइएको छ ।

तर ४० वर्षअघि भिन्न भए पनि ज्योति दाजुभाइ पद्म र रुपको परिवार जमलमा विश्वज्योति हलभन्दा पछाडि एउटै कम्पाउण्डमा फरक फरक घरमा बस्छन् ।

LIVE TV