काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्नुका कारणहरु, बढ्दो छ भय (भिडियो)



प्रकाशित मिति : Sep 16, 2020
  • रिया भण्डारी,

काठमाडौं, ३१ भदौ । काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण दर हरेक दिन बढ्दो अवस्थामा छ । देशका अन्य स्थानको तुलनामा लामो समय सुरक्षित मानिएको र ठानिएको उपत्यकामा अब भने अत्यास बढ्दो छ ।

सबैभन्दा ठूलो जनसंख्याको बसोबास रहेको उपत्यकामा कोरोना जोखिम बढ्न नदिन गरिएको प्रयासहरु भुत्ते पनि देखिन थालिएको छ । लामो समयदेखि प्रदुषणको मार खेप्दै आएको कचौरा जस्तो काठमाडौ उपत्यकालाई कोरोना भाइरसको जोखिमले पनि उत्तिकै गाँज्न थालेको छ ।

लामो समय लकडाउन र निषेधाज्ञाको सामना गरेको काठमाडौं उपत्यकाले अब भने कोरोनामाथि जित हात पार्न अझै ठूलो संघर्ष गर्नु पर्ने अवस्था आइलागेको छ । मुलुकको प्रशासनिक केन्द मात्र नभई आम नेपालीको आकर्षणको केन्द्र पनि हो काठमाडौं ।

यही कारणले पनि सबैभन्दा बढी सतर्कता अपनाइनु पर्ने काडमाडौंमा सुरुदेखि नै पाइला पाइलामा गल्तीहरु गरिदै गए ।

  • काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा देखाइएको हेलचेक्रयाई
  • कन्टयाक्ट ट्रेसिङ र पुलिङ मेथडबाट गरिने परीक्षणमा देखाइएको उदासीनता
  • लकडाउन र निषेधाज्ञामा गरिनु पर्ने परीक्षणको अभाव
  • निषेधाज्ञाको पालना मुख्य सडक क्षेत्रमा हुनु तर गल्ती र वस्तीमा खुल्लमखुल्ला गतिविधि हुनु
  • काठमाडौं उपत्यकावासीमा कोरोना केही होइन भन्ने भ्रमले महत्व पाउनु

उपत्यकाका तीन जिल्लामा काठमाडौंमा बढ्दो दर अत्याउने अवस्थाको देखिएको छ भने ललितपुर र भक्तपुरमा प्रभाव कम नै देखिएको छ ।

पछिल्लो एक सातामा काठमाडौं उपत्यकाको कोरोना संक्रमणको अवस्था :

  • भदौ २३ : ३ सय ९६
  • भदौ २४ : ४ सय ६४
  • भदौ २५ : ५ सय ७२
  • भदौ २६ : ६ सय ९६
  • भदौ २७ : ४ सय ३१
  • भदौ २८ : ५ सय ९७
  • भदौ २९ : ६ सय ७६

उपत्यकामा अझै पनि हुनु पर्ने र गरिनु पर्ने जति परीक्षण भएको पाइदैन । सरकारसंग एकैदिन २४ हजार बढीको परीक्षणको क्षमता भएको बताउदै आए पनि यस्को प्रयोग उपत्यकामा किन हुन सकिरहेको छैन यस्को जवाफ अब भने सबै तिरबाट अपेक्षा गर्न थालिएको छ ।

काठमाडौं उपत्यकामा बढ्दो दरको नियन्त्रण अब सरकारको प्रयासमा मात्र सम्भव छैन । सरकारले र यस्का संयन्त्रले चालेको कदममा सबैको साथ आवश्यक छ ।

त्यसमाथि बढी भीडभाड हुने सरकारी कार्यालयदेखि निजी क्षेत्रका साथै शहरबजारमा निगरानी बढाउनु र सचेतना अपनाउन आवश्यक भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com