मानिसको फुच्चे साथी मानिने भँगेरा पनि बढ्दो शहरीकरणसँगै मासिदै (भिडियो)



प्रकाशित मिति : Sep 16, 2020
  • गोविन्द कुँवर,

काठमाडौं, ३१ भदौ । मानिसको फुच्चे साथी मानिने भँगेरा शहरीकरणसँगै मासिँदै गएका छन् । घरायसी पंक्षीको रुपमा चिनिने भँगेरा मानिसकै शरणमा हुर्किने र बाँच्ने गर्दै आएका छन् ।

मानिसकै वरिपरि चिरचिवीरवीर गर्दै रमाउँने भँगेरा अहिले धेरै ठाउँमा देखिनै छोडेका छन् । कहिल्यै पनि जंगलमा बस्न नरुचाउँने यो पंक्षी पछिल्लो सयम वासस्थान अभावका कारण लोप हुँदै गएका छन् ।

भंगेराको मासुलाई यौनवद्र्धक शक्तिकोरुपमा लिइने भ्रमले पनि यस्को अस्तित्व संकटमा पर्दै गएको छ । चतुर पंक्षी भँगेराको बयान गर्दै राष्ट्र माधव घिमिरेले लेख्नु भएको यो कविता निकै चर्चित छ ।

तर यो चर्चित कवितामा वर्णन गरिएको भँगेरा भने लोप हुँदै थालेका छन् । चिरचिर गर्दै घर आगन वरपर आउने र रमाउँने भँगेरा घरको प्वालमा गुड बनाउँने गर्दछन् । तर पछिल्लो सयम पक्की घर निर्माणले गर्दा वासस्थान समेत नहुँदा भँगेरा लोप हुँन थालेको हो ।

साथै शहरमा निर्माण भएका ठूलठूला टावरको विकिरणले गर्दा पनि भँगेरा खतरामा पदै गएका छन् । बढ्दो शहरीकरण, प्रदुषण र आधुनिक खेती प्रणालीका कारण विश्वभरि नै भँगेरालाई असर परेको छ ।

केही अध्ययनले मोबाइल फोन र यसका टावरको विकिरणका कारण भँगेरालाई बाँच्न कठिन भएको निष्कर्ष निकालेका छन् । पंक्षीहरुमा सबै भन्दा बढी यौनक्रिडामा रमाउँने भँगेराले दैनिक ३ सय पटकसम्म यौन सम्पर्क गर्ने क्षमता राख्दछ ।

त्यसैले भँगेराको मासु समेत यौनवद्र्धक हुने भएको भन्दै यौन क्षमता बढाउँन भँगेराको शिकार गर्ने प्रवृति पनि धेरै शहरमा पाइन्छ ।

साथै पहिला १ परिवारका लागि बनाइएको तीनतले घरमा ३० भन्दा बढी भँगेराको परिवार बस्न प्वाल बनाएको हुन्थ्यो । तर अहिले १० तले घर बनाएपनि वासस्थान नहुँदा भँगेरा लोपहुँदै गएका छन् ।

अपत्तकालीन अवस्थामा सूचना प्रवाहको संकेत समेत दिने गरेको विज्ञहरु बताउँछन् । इतिहासलाई हेर्दा सन् १९५८ मा अन्नबाली खाएको भन्दै चीनमा भँगेरा विरुद्धको अभियान नै चलाएर मारिएको थियो ।

तर त्यस्को प्रतिफल उल्टो निस्कदा पछि १०५० देखि १०६१ सम्मको दशकमा चीनमा अन्नबालीमा कीरा लागेर भोकमरी नै भएको थियो । चीनले झिँगा,लामखुट्टे,मुसा र भँगेरालाई मार्न अभियान नै चालेको पनि त्यो गलत सावित भएपछि भँगेराका थप विकास भएको हो ।

अभियानमा करिब दुई अर्ब भँगेरा मारिएको इतिहास छ । त्यसैले केही वर्षयता नेपालमा पनि भँगेरा दिवस मनाउन थालिएको छ । करिब तीन वर्ष बाँच्ने भँगेराको तौल ४० ग्रामसम्म हुन्छ ।

पारिस्थितिक प्रणालीसँग मात्र नभएर इकोसिस्टम,जीवनशैलीसँग खेतीबाली संरक्षणदेखि आपतविपद्को जानकारी दिनसमेत भँगेराको ठूलो भूमिका हुन्छ । सन् २०१० बाट विश्वव्यापी रूपमा मनाउन सुरु गरिएको भँगेरा दिवस नेपालमा सन् २०१२ देखि मनाउन थालिएको हो ।

विश्वमा पाइने ३२ प्रजातिका भँगेरामध्ये नेपालमा घर, रुख, कैलो, पीतकण्ठे र स्पेनिस गरी पाँच प्रजातिका भँगेरा मात्र पाइने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com