कुलमान घिसिङको समर्थनमा मोरङको विराटचोकमा प्रदर्शन



प्रकाशित मिति : Sep 16, 2020
  • तारा आचार्य,

विराटनगर, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा मोरङको सुन्दरहरैंचाको विराटचोकमा युवाहरुले शान्तिपूर्ण प्रर्दशन गरेका छन् ।

उनीहरुले विराटचोकमा प्रर्दशन गर्दै योग्यता र क्षमता हुदाँहुर्दै पनि उज्यालोको प्रतिक कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता नदिइएको भन्दै सरकारको विरोध गरेका थिए ।

उनीहरुले सरकारविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका थिए । उनीहरुले सरकार कमिसनको खेलमा लागेको र कुलमान जस्तो योग्य व्यक्तिलार्ई निरन्तरता नदिएको भन्दै विरोेध जनाएका थिए ।

उनीहरुले अध्याँरो हटाउने कुर्सीमा नअटाउने, कुलमान जस्तो व्यक्ति हामीलाई चाहिन्छ, देशलाई खाँचो छ, उज्यालोको प्रतिक कुलमानलाई ल्याउनैपर्छलगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेर परिक्रमा गरेका थिए ।

घिसिङ चार बर्षे कार्यकाल पुरा गरेर प्राधिकरणबाट बिदा भइसकेका छन् । उनको कार्यकाल थप गर्नुपर्छ भन्दै देशव्यापी रुपमा आवाज उठिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com