विहीबारदेखि होटल तथा रेस्टुराँ सञ्चालन गर्न पाइने, सवारी सञ्चालनमा जोर/बिजोर कायमै रहने



प्रकाशित मिति : Sep 16, 2020

काठमाडौं, ३१ भदौ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेस्टुराँ सञ्चालनमा लगाएका रोक विहीबार (भोलि)देखि हटाइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालका अनुसार निषेधाज्ञा सम्बन्धी आदेशहरुको पुनरावलोकन गर्दै टेकअवेमात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेराँहरुलाई अर्को आदेश जारी नभएसम्मका लागि सञ्चालन खुला गरिएको हो ।

त्यस्तै, काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर/बिजोर प्रणालीलाई भने कायमै राखिएको प्रजिअ दाहालले जानकारी दिए । उहाँका अनुसार अर्को आदेश जारी नभएसम्मका लागि निजी र सार्वजनिक सवारी सञ्चालनमा जोर/बिजोर कायम रहनेछ ।

त्यसोत, गत सोमबारको मन्त्रिपरिषद बैठकले भोलि (असोज १ गते)देखि लामो दूरीका यातायात खुलाउने निर्णय गरिसकेको छ ।

त्यस्तै, खुला स्थानमा मानिसहरु जम्मा भेला हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर आदि गर्न/गराउन निषेध गरिएको छ ।

यसका साथै, मठ मन्दिर, मस्जिद, चर्चलगायत परम्परागत धार्मिक तथा सांस्कृतिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेक भीडभाड जन्य गतिविधिहरु सञ्चालन गर्न/गराउन पनि निषेध गरिएको छ ।

त्यस्तै, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) गर्न/गराउनका साथै शैक्षिक तथा अन्य परीक्षाहरु सञ्चालन गर्न/गराउन पनि निषेध गरिएको छ ।

त्यस्तै, सबै प्रकारका सभा, गोष्ठी, तालिक, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, मनोरञ्जन स्थल, स्पा, सैलुन, व्यूटी पार्लर, स्वीमिङ पूल, जिमखाना, हेल्थ क्लबलगायत सञ्चालन गर्न/गराउन पनि निषेध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com