भक्तपुरमा भेटिएको ३ शव प्रकरण : श्रीमती र छोराको मृत्युभन्दा २४ घण्टापछि सुदीपको मृत्यु



प्रकाशित मिति : Sep 16, 2020

भक्तपुर, ३१ भदौ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६, कुण्डोलस्थित एक घरमा भेटिएको ३ शवको पोष्टमार्टम रिपोर्ट आएको छ । भदौ २६ गते ३६ वर्षीय सुदीप अधिकारीको घरमा सुदिपसहित, उनकी ३४ वर्षीय सम्झना र १५ बषीय छोरा शुसान्तको शव घरको फरक-फरक तलामा भेटिएको थियो । आमा र छोराको हत्या भएको र सुदीपको बिष सेवनबाटै मृत्यु भएको पोष्टर्माम रिपोट आएको स्रोतले बताएको छ ।

यसअघि प्रहरी अनुशन्धानमा सुदीपले आफ्ना छोरा र श्रीमतिको हत्या गरेर आुत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुशन्धानले देखाएको थियो ।

अस्पतालको रिपोर्टमा सम्झनाको टाउकोमा सुदिपकी श्रीमती सम्झनाको मृत्युको कारणमा ‘बल्ट फोर्स इन्जुरी अन हेड’ भनिएको छ । त्यस्तै छोरा सुशान्तको घाटिमा छुराले रेटिएकाले मृत्यु भएको पोष्टमार्टम रिपोर्ट आएको बताइएको छ ।

त्यति मात्रै नभई सम्झनाको टाउकोमा ३ पटक छुरा हानिएको र सुशान्तको टाउकोमा ४ पटक छुरा प्रहार भएको पनि पोष्टमार्टम रिपोट आएको स्रोतले बताएको छ । त्यस्तै घरमुली बाबु शुदिपको भने मृत्युको कारण बिष सेवननै भएको रिपोर्ट आएको बताइएको छ ।

उनको पोष्टमार्टम रिपोर्टमा ‘सल्फस’ नामको बिष सेवनबाट मृत्यु भएको बताइएको छ । त्यस्तै श्रीमती र छोराको मृत्युभन्दा सुदीपको मृत्युसमय अन्तर २४ घण्टा फरक भएको रिपोर्ट आएको बताइएको छ ।

यसअअनुसार प्रारम्भीक अनुशन्धान र पोष्टमार्टम मिलेकाले प्रहरीलाई अनुशन्धानमा थप बल पुगेको छ । प्रहरीले घटनाको थप पुष्टि गर्न छिमेकीहरुलाई सोधपुछ गर्दा परिवारमा सँधैजसो झगडा हुने गरेको बताएका थिए । पछिल्लो समय श्रीमानले जागिर नगरेका कारण पारिवारीका झगडा हुने गरेको छिमेकीहरुको भनाइ थियो ।

घटनाछि मृतकका भाइले प्रहरीमा खबर गरेपछि प्रहरी घनास्थल पुरेर अनूशन्धान गरिरहेको छ । सोही घरमा एउटा कुकुर पनि मृत अवस्थामा भेटिएको थियो । कुकुरलाई पनि बिष दिएर मारिकाए हुनसक्ने अनुशन्धानमा खटिएका प्रहरीको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com