मृत्यु भइसकेकाहरुको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन



प्रकाशित मिति : Sep 16, 2020

काठमाडौं, ३१ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना संक्रमण परीक्षण नगर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङको क्रममा शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न/नगराउन निर्देशक दिनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘यो इन्सिडेन्ट कमाण्ड सिस्टम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय हो, शंकाष्पद मृतकको कोभिड–१९ परीक्षण गर्ने सन्दर्भमा शव व्यवस्थापन गर्दा सबै सावधानीहरु अपनाएर दाहसंस्कार गर्ने र निजको नजिकको सम्पर्कमा आउनुभएका सबैजना अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने/राख्नुपर्ने व्यवस्था गर्न/गराउनुपर्ने । शवबाट नमूना निकाली कोभिड–१९ परीक्षण नगर्ने÷नगराउने ।’

मृत्यु भइसकेका व्यक्तिको समेत कोरोना परीक्षण गर्ने÷गराउने भएकोले त्यसो नगर्न प्रवक्ता डा. गौतमले सुझाउनु भएको हो । यस सम्बन्धी निर्देशिककाहरुलाई परिमार्जन गर्दै लैजाने पनि उहाँले बताउनुभयो ।

त्यस्तै, उहाँले थप्नुभयो, ‘सबै प्रयोगशालाहरुले कोभिड–१९ परीक्षणका लागि लिएका नमूनाहरुमध्ये नेगेटिभ रिपोर्ट आएका नमूनाहरु १ महिना र पोजेटिभ रिपोर्ट आएका नमूनाहरु तीन महिनासम्म स्टोर गरेर राख्नुहुन जानकारी गराइन्छ ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com