आधा मात्र यात्रु राखेर जहाज उडाउन वायुसेवा सञ्चालक असहमत



प्रकाशित मिति : Sep 16, 2020

काठमाडौं, ३१ भदौ । वायुसेवा सञ्चालकहरुले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न असहमति जनाएका छन् । सरकारले असोज १ गतेदेखि ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने निर्णय गरेको थियो । तर बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा सरकारको उक्त निर्णय असम्भव रहेको जनाएको छ। यो संगै असोज १ गतेनै जहाज उड्न नसक्ने पनि बताइएको छ।

असोज ५ बाट भने जहाज उडाउन व्यवसायी तयार रहेको जनाइएको छ । तर आधा मात्र  यात्रु राखेर जहाज उडाउन व्यवसायीले असहमति जनाएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com