विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना भएकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि



प्रकाशित मिति : Sep 16, 2020
  • तारा आचार्य

विराटनगर, ३१ भदौ । विराटनगर स्थित नोबेल मेडिकल कलेजमा शल्यक्रिया गर्न भर्ना भएकी एक महिलाको मृत्यु भएको छ ।पित्तथैलीको शल्यक्रियाका लागि भर्ना भएकी मोरङ बेलबारी ७ बाहुनीकी ६४ बर्षीय महिलाको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको सो अस्पतालले जनाएको छ । २८ गते अस्पताल भर्ना गरिएको थियो । उनको शल्यक्रिया गर्नु अघि पीसीआर जाँचको लागि स्वाब संकलन गरिएको थियो ।

पीसीआरको रिपोर्ट नआउदै मंगलबार राति मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायाण दाहालले जानकारी दिनु भयो । मृतक महिलाको बुधबार शल्यक्रिया गर्ने तयारी गरिएको थियो तर रिपोर्ट नआउदै उनको मृत्यु भयो । वुधबार मात्र रिपोर्ट पोजेटिभ आएको प्रबन्धक दाहालले जानकारी दिनु भयो ।

मृतक महिलालाई अत्याधिक पेट दुख्ने र श्वास फेर्न समस्या भएको अस्पतालले जनाएको छ । मोरङ बेलबारी नगरपालिकामा यस अघि पनि एक महिलाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

यो संगै बेलबारीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ भने मोरङमा २९ पुगेको छ । प्रदेश १ मा ५२ जनाको मृत्यु भएको छ भने १३ जना बाहिरका रहेको प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com