३१ भाद्र २०७७, बुधबार
  • तारा आचार्य,

विराटनगर, ३१ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला २२ पुरुष, इटहरीमा ७ महिला १९ पुरुष, गढी र कोशी गाउँपालिकामा ४ महिला ४ पुरुष, भोक्राहानरसिंहमा २ पुरुष, बराहक्षेत्रमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।

मोरङको विराटनगरमा ९ महिला १९ पुरुष, धनपालथानमा २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, कटहरीमा १ महिला र सुनबर्षीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै, झापाको दमकमा १ महिला ७ पुरुष, भद्रपुरमा २ महिला ४ पुरुष, बा¥हदशीमा २ महिला ३ पुरुष, मेची नगरमा १ पुरुष, भोजपुरमा ५ पुरुष, उदयपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार १ सय पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५२ जना संक्रमितहरु डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेहरुको संख्या २ हजार १ सय ९४ पुगेको छ ।

प्रदेश १ मा हालसम्म १ लाख १२ हजार ६३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

LIVE TV