भारतमा कोरानो सङ्क्रमित ५० लाख नाघ्यो



प्रकाशित मिति : Sep 16, 2020

एजेन्सी, ३१ भदौ । भारतमा कोरानोभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या ५० लाख नाघेको छ । हालसम्मको तथ्यांकअनुसार भारतमा ५० लाख २५ हजार ४३ जना कोरोना संक्रमित पुगेको छ ।सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८०९ जना थप सङ्क्रमित भएका छन् । सोही अवधिमा एक हजार ५४ जना सङ्क्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोरोनाकै कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या ८२ हजार १२४ पुगेको छ ।

भारतमा कुल सङ्क्रमित मध्ये १० लाख ५५९ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ३९ लाख ४२ हजार ३६० जना सङ्क्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार सङ्क्रमुक्त भएकाहरुको अनुपात ७८.२८ प्रतिशत रहेको छ । यो एकदमै सकारात्मक अवस्था रहेको सरकारी अधिकारीहरुको भनाई छ ।

उनीहरुका अनुसार अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरु मध्ये झण्डै आधा अर्थात ४८.८ प्रतिशत सङ्क्रमितहरु महाराष्ट्र, कर्नाटक र आन्द्र प्रदेशमा मात्रै रहेका छन् । भारतमा दैनिक सङ्क्रमितको अवस्था उच्च रहेको छ । केही दिन झण्डै एक लाख पुग्न लागेकोमा अहिले फेरी घटेको देखिएको हो ।

कोरोनाभाइसबाट सङ्क्रमित भएका मध्ये भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७९ हजार २९२ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com