भारतको बिहारमा चट्याङ लागेर १५ को ज्यान गयो



प्रकाशित मिति : Sep 16, 2020

एजेन्सी, ३१ भदौ । भारतको बिहार राज्यका विभिन्न जिल्लामा चट्याङबाट १५ जनाको ज्यान गएको छ ।बिहारका विभिन्न छ जिल्लामा परेको चट्याङ लागेर १५ जनाको मृत्यु भएको हो । अविरल वर्षासँगै परेको चट्याङले लागेर उनीहरुको ज्यान गएको भारतीय मिडियाहरुमा उल्लेख छ ।

चट्याङका कारण गएको तीन दिनमा ती नागरिकको ज्यान गएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकरीहरुले जानकारी दिएका छन् ।

बिहारको विपद् व्यवस्थापन विभागले बुधबार बिहान सो कुराको जानकारी दिएको हो । गएको सोमबारदेखि यहाँ चट्याङ पर्न शुरु गरेको र बुधबार बिहानसम्म यो संख्या १५ पुगेको बिहारको विपद व्यवस्थापन विभागले जानकारी दिएको हो ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com